प्रधानमन्त्री ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ : कमल थापा

३० असार ७७, मंगलबार
Share this
697shares

३० असार, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ गएको बताएका छन् ।

Advertisement

उनले ओलीले नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गरेको बताएका छन् ।

अध्यक्ष थापाले सोमबार सामाजिक संजाल ट्विटरमा लेखेका छन् – ‘‘प्रमको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।’

Advertisement

प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीनिवासमा आयोजित कार्यक्रममा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए ।

उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top