सामाजिक संस्था हातोमालोले क्यान्सर पीडितलाई गर्याे आर्थिक सहयोग

१ साउन ७७, शुक्रबार

१ साउन, विराटनगर ।

परिवर्तनका लागि हातेमालो सामाजिक संस्थाको कटहरी शाखाले खुट्टामा क्यान्सर भएकी मोरङको कटहरी गाउँपालिका–३ की चाँदनी पासवानलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । खुट्टामा ठूलो गाँठो निस्किएर क्यान्सर भएकी पासवानलाई सो संस्थाले ५ हजार रुपैँया सहयोग गरेको हो ।

कटहरी शाखाका अध्यक्ष संजित साह, उपाध्यक्ष खगेन्द्रप्रसाद रौनियार र सदस्य दिपक यादवले बिरामीका भाई दिपक पासवानलाई सहयोग रकम हस्तान्तरण गरे । न्युरो अस्पताल विराटनगरमा जाँच गराएकी पासवानलाई डाक्टरले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जान सुझाव दिएका छन् ।

Advertisement

उनको उपचारका लागि ५ लाख रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएकोले थोरै रकम भएपनि सहयोग गरेको उपाध्यक्ष रौनियारले बताए । उनलाई सहयोग गर्न चाहानेले बिरामीका भाई दिपक पासवानलाई सम्पर्क गरेर सहयोग गर्न सक्ने रौनियारले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top