प्रकाश बन्जरा
७ साउन, सुनसरी ।
विश्वब्यापी माहामारी कोरानालाई मध्यनजर गर्दै सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्का जुनियर जेसीजले मुसहर बस्तीमा माक्स र हात धुने साबुन बितरण गरेको छ ।
झुम्का जुनियर जेसिजका अध्यक्ष मनिस काफ्ले तथा राष्ट्रिय रामधुनी युवा क्लबका अध्यक्ष खेमराज पौडेल लगायतको टोलीले मुसहर बस्तीमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
मुसहरका घर घरमा पुगेर युवाहरुले कोरोना महामारीको बारेमा जनचेतना जगाउनुको साथै भिडभाड नगर्न र सुरक्षाका लागि साबधानी अपनाउन आग्रह गरेका थिए ।
टोलीले ४८ घर परिवारका सबै सदस्यलाई माक्स र प्रति घर १ थान हातधुने साबुन बितरण गरिएको झुम्का जेसीजका गोबिन्द आचार्यले जानकारी दिए ।