अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार छैनः रुस

१० साउन, एजेन्सी ।
अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार नभएको रुसले स्पष्ट पारेको छ ।

रुसको रक्षा मन्त्रालयले अमेरिका र बेलायतको आरोप खण्डन गर्दै तथ्य मोडेको आरोप लगाएको हो ।  रुसले गएको असार ३१ गते गरिएको परीक्षण अन्तरिक्षको लागि खतरा नरहेको र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको स्पष्ट पारेको हो ।

यसअघि रुसले भू–उपग्रहमा प्रहार गर्न सकिने हतियार अन्तरिक्षमा परीक्षण गरेको आरोप लगाउँदै अमेरिका र बेलायतले चिन्ता व्यक्त गरेका थिए । अमेरिकाले भू–उपग्रहमा मार हान्न सक्ने अस्त्रको परीक्षण हुनु चिन्ताको विषय भएको बताएको छ भने बेलायतले यस्ता कामले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई खतरामा पार्ने बताएको बीबीसीले जनाएको छ ।

Advertisement

रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा भएका रुसी उपकरणहरू जाँच्न नयाँ प्रविधि प्रयोग गरिएको जनाएको थियो । अहिलेसम्म रुस, अमेरिका, भारत र चीनसँग मात्रै भू–उपग्रहमा मार हान्ने क्षमता रहेको बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top