×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

नेपालमा कोरोनाको सङ्क्रमण जटिल बन्दै

१२ श्रावण २०७७

१२ साउन, काठमाडौं ।

कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई नेपाली र एक भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ निवासी ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट आइतबार मृत्यु भएको हो । ती पुरुषमा ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बाराको फेटा गाउँपालिका–३ का ६० वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । निमोनिया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी पर्साको वीरगञ्जमा बासोबास गर्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा वीरगञ्जस्थित गण्डक अस्थायी अस्पतालमा निधन भएको हो । उनी मुटु तथा मधुमेहका बिरामी थिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । मन्त्रालयले उनीहरुको मृत्युप्रति समवेदना प्रकट गरेको छ ।

एक सय ३९ नयाँ सङ्क्रमित फेला, ६२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा बढी दैलेखमा २८ सङ्क्रमित फेला परेका छन् ।

यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०÷१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन÷तीन, पर्सा र सल्यानमा दुई÷दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक÷एक जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल सङ्क्रमितको ७३.५ प्रतिशत हो ।

हालसम्म प्रदेश नं १ बाट ७८९, प्रदेश नं २ बाट दुई हजार ९७२, बागमती प्रदेशबाट ५१७, गण्डकी प्रदेशबाट एक हजार २०४, प्रदेश नं ५ बाट तीन हजार ९१०, कर्णाली प्रदेशबाट एक हजार ६०८ र सुदूरपश्चिम प्रदेशबाट दुई हजार ७५४ जनाले कोरोना भाइरसलाई परास्त गरेका छन् । प्रदेश नं १ को सङ्खुवासभा, भोजपुर र पाँचथर, बागमती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले जानकारी दिए ।

प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा एक हजार ९११, बागमती प्रदेशमा ४०२, गण्डकी प्रदेशमा २४४, प्रदेश नं ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७४० छ । कोभिड–१९ सङ्क्रिमत १६ हजार ३७९ जना मुलुकका विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनमा छन् ।

Advertisement

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ६४ लाख ३२ हजार ११० पुगेको छ । कोरोना भाइरसबाट ६ लाख ५२ हजार ४३२ जनाले ज्यान गुमाएका छन् भने एक करोड पाँच लाख छ हजार ५५४ कोरोना जितेर डिस्चार्ज भएका छन् ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top