×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

मेलम्चीमा गम्भीर प्राविधिक त्रुटिका कारण दुर्घटना भएको छानबिन समितिको निष्कर्ष

१४ श्रावण २०७७

१४ साउन, काठमाडौँ । मेलम्चीमा गम्भीर प्राविधिक त्रुटिका कारण दुर्घटना भएको खानेपानी मन्त्रालयद्वारा गठित छानबिन समितिको निष्कर्ष छ ।

पर्याप्त प्राविधिक आधार तयार नगरी लापरबाही ढंगले डिजाइन र जडान गरेकाले मेलम्ची सुरुङको ढोका खुलेर दुर्घटना भएकोले पुनरावलोकन गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन समितिले मन्त्रालयका सचिव माधव बेल्बासेलाई बुझाएको छ ।

Advertisement
Advertisement

सुरुङमा पानी पठाउन परीक्षण भइरहँदा गत असार ३० मा सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहाननजिकैको फ्लसिङ अडिटको ढोका खुलेर चार कर्मचारीलाई गाडीसहित बगाएको थियो ।

घटनामा परेका तीन इन्जिनियरमध्ये एकको मृत्यु भएको छ भने घाइते अवस्थामा उद्धार गरिएका दुई उपचाररत छन् । एक जना कर्मचारी अझै फेला परेका छैनन् । उक्त घटना छानबिन गर्न मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन गरेको थियो ।

प्रतिवेदनअनुसार सुरुमा सुरुङभित्र खुल्नेगरी बनाइएको ढोकाको डिजाइन परिवर्तन गरेको र बाहिरबाट खुल्ने बनाउँदा निर्माण कम्पनी, परामर्शदाता र आयोजनाबीच पर्याप्त छलफल नहुनुका साथै प्राविधिक जाँच नै नभएकाले ढोकाका नटबोल्टहरू खुस्किएर दुर्घटना भएको हो । ढोका पहिले भित्रबाट खुल्ने बनाएको डिजाइन परिवर्तन गरेपछि त्यसको जडानमा किन ख्याल गरिएन भन्ने प्रश्न उठेको छ ।

ढोकाको निर्माण, डिजाइन, र जडान भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले गरेको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले प्रतिवेदनमा समेटिएको बुँदाबारे बताउँदै डिजाइनमै त्रुटि देखिएको जानकारी दिए । उनका अनुसार प्रतिवेदनमा अहिले भत्केको बाहेक हेलम्बुदेखि सुन्दरीजलसम्म २७ किमि सुरुङको ग्याल्थुम, सिन्धु र सुनदरीजलमा बनाइएका ढोकाहरूको डिजाइन पुनरावलोकन गर्नुपर्ने पनि उल्लेख छ ।

Advertisement

डिजाइन परिवर्तन गर्दा प्राविधिक लापरबाही भएको र अन्य ढोकाहरूको पनि पुनरावलोकन गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख हुनुले निर्माणका क्रममा भएका त्रुटिको जिम्मेवारी अब कसले लिने भन्ने प्रश्न उठेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top