इक्यानकाे अध्यक्षमा मा पाण्डे निर्वाचित

इक्यानकाे अध्यक्षमा मा पाण्डे निर्वाचित

काठमाडौँ, ९ वैशाख  ः नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए। शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि इक्यानको १२औँ साधारण सभाले अध्यक्षमा पाण्डेसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कूल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत पाएका थिए भने बस्नेतले १६५ मत ल्याएका थिए ।

यसैगरी उपाध्यक्षमा महेशबाबु तिमल्सिना , राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा पाण्डे समूहबाट शेषराज भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तैगरी सचिवद्वयमा दीपकराज भुसाल र विक्रम केसी तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण (बिके) श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता श्रेष्ठ, यज्ञविलास पौडेल र प्रशान्त शाह विजय भएका छन् । इक्यानमा पाँच जिल्ला शाखासहित करीब ५०० परामर्श केन्द्र आबद्ध रहेका छन् ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.