विदेश पठाइदिन्छु भनी ११ लाख रुपैँया ठगी गर्ने पक्राउ

१५ साउन ७७, शुक्रबार

१५ साउन, काठमाडौं ।

चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।

Advertisement

रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाईदिन्छु भनेर नगद १८ लाख रुपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top