१५ साउन, काठमाडौं ।
गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै गृहले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा यात्रुहरुको आवगमन पुर्ण रुपमा बन्द गराउन निर्देशन दिईएको जनाएको हो ।
त्यस्तै अन्य जिलाहरुमा पनि अत्यावश्यक बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न र बिना पास सवारी आवगमन पुर्ण बन्द गराउन सुरक्षा निकाय र जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
