१६ साउन, काठमाडौं । स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ ।
बिहीबार राति बरिव १२ बजे बा ५९८४ नम्बरको बस ठुलोभ¥याङ र हलचोकको बीचमा दुर्घटना भएको हो ।
चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिए । चालकको पहिचान खुल्न सकेको छैन।
बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ।
उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।