बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाईते

१५ साउन ७७, शुक्रबार

१६ साउन, मोरङ । मोरङको बुढी गंगा गाउँपालिका–२ बिराटनगर ईटहरी सडक खण्डमा बिहिवार राती साँढे ८ बजे भएको बस दुर्घटनामा परी बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाईते भएका छन् ।

बिराटनगरबाट ईटहरी तर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको बस आफै अनियन्त्रीत भई सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना भएको प्रह्रीले जनाएको छ ।

घाईते ४ जनालाई उपचारको लागी टिचिङ अस्पताल गंगा चोक लगिएकोमा उपचारको क्रममा बसका चालक धनकुटाको साँगुरी गढी गाऊँपालिका-७ का २९ बर्षीय जोशन राईको मृत्यु भएको हो ।

Advertisement

अन्य ३ जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top