×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

राजकुमार चेपाङ मृत्यु प्रकरण: मृतकका परिवारलाई १० लाख दिने सहमति

१७ श्रावण २०७७

१७ साउन, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिट पछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमती भएको छ ।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मृतकका परिवारलाई निकुञ्जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ दिने सहमति जनाएका हुन् ।

Advertisement
Advertisement

राप्ती नगर प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङको रोहबरमा सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र निकुञ्ज सुरक्षार्थ तैनाथ बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठसमेत सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

मृतकका परिवारलाई राहत उपलब्ध गराउने मिति भने सहमतिपत्रमा उल्लेख छैन ।सहमतिपछि राजकुमारका बुवा विष्णुलाल उनको शव बुझ्न शनिबार काठमाडौं गएका छन् । विष्णुलालले भने– ‘त्यसैले शव बुझ्न जाने कि नजाने भन्ने थियो । तर जनप्रतिनिधिहरुका साथै प्रशासककै रोहबरमा भएको सहमति पालना हुन्छ भन्ने विश्वासले बुझ्ने भइयो ।’

राजकुमारसहित मिलनटोलका ५ युवक र २ महिला गत साउन १ मा निकुञ्जको सिमाना राप्ती नदी तरेर निकुञ्जभित्र रहेको ज्युँडी खोला गएका थिए । खोलामा घोँगी र जंगलमा अमिलो टिप्ने योजना उनीहरुको थियो । उनीहरुलाई निकुञ्ज सुरक्षाका लागि खटिएका एक सैनिकले ज्युँडी खोलाबाट पक्राउ गरेका थिए । त्यसपछि कुटपिट गर्दै निकुञ्जको लिगलिगे पोस्ट र्पुयाएका थिए ।

दुई महिलाबाहेक सबैले पिटाइ खाए पनि राजकुमार धेरै बिरामी परेका थिए । स्थानीय मेडिकलमा गरिएको उपचारले निको नभएपछि साउन ७ गते बुधबार राति उनलाई परिवारले पिप्लेबाट भरतपुर लगेका थिए । भरतपुर अस्पतालको आकस्मिक कक्षमा र्पुयाउने बित्तिकै चिकित्सकले राजकुमारलाई मृत घोषणा गरेका थिए । उनको बाटोमै मृत्यु भएको थियो । तत्काल किरिया खर्च एक लाख रुपैयाँ दिने भनेपछि परिवारका सदस्यहरुले पोस्टमार्टम गर्न स्वीकृति दिएका थिए । तर, भरतपुर अस्पतालले पोस्टमार्टमका लागि शव काठमाडौं पठाएको थियो ।

Advertisement

गत सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि परिवार शव नबुझी चितवन फर्केका थिए । शुक्रबार भएको छलफलमा घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने समेत सहमति भएको छ । मृतक राजकुमारकी डेढ वर्षीया छोरीलाई उमेर नपुग्दासम्म भरणपोषण र १२ कक्षासम्मको शिक्षाका लागि लोथर मध्यवर्ती उपभोक्ता समितिमार्फत चितवन निकुञ्जले सहयोग गर्ने पनि जनाइएको छ । राजकुमारको परिवार बस्ने घर मर्मतमा पनि निकुञ्जले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top