तत्काल लगातारको झरी हुन्न, खण्ड खण्ड झरी पर्छ: मौसमविद्

१७ साउन ७७, आइतबार

१७ साउन, काठमाडाैँ ।

अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँठाउँमा वर्षा भइरहेको जनाएको छ । तर बेलाबेलामा सामान्यदेखि चर्काे घाम पनि लाग्छ । अबको तीन दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ । खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ ।

उनले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको बताए । भोलि र पर्सी अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ । देशका अधिकांश क्षेत्रमा बेलाबेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिए । प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सी भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताए । यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो । उक्त वर्षापछि आएको बाढी, पहिरो र डुवानले मुलुकका अधिकाँश क्षेत्र प्रभावित बनाएको थियो ।

यस्तै साउनको १२ देखि १६ सम्म पश्चिम क्षेत्रमा बढी वर्षा भयो, तर विगतको जस्तो लगातार वर्षा हुन पाएन । तैपनि केही स्थानमा पहिरो खसेर मानिसको मृत्यु भएको छ भने केही हराइरहेका छन् । उद्धारको काम जारी छ । अबको तीन दिन भने त्योभन्दा केही कम वर्षा हुने जनाइएको छ । केही ठाउँमा भारी वर्षा हुने अनुमान छ । आजको तुलनामा भोलि र पर्सी तराईको क्षेत्रका एक÷दुई स्थानमा बढी वर्षा हुने जनाइएको छ ।

विगत १० वर्षको तुलनामा यस वर्ष पहिराले धेरै मानिसको ज्यान लिएको छ । भेलपहिरो खसेर बढी क्षति पु¥याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । प्राप्त विवरणअनुसार गत वैशाखयता पहिरोबाट १५६ जनाको मृत्यु भइसकेको छ भने ४५ जना बेपत्ता छन् । बाढीबाट छ जनाको मृत्यु १३ जना बेपत्ता भएका र चट्याङबाट ४७ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङबाट वैशाखयता २०९ जनाको मृत्यु, ५८ बेपत्ता र २९९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३० पछि डेढ महिनाको अवधिमा पहिरोमा परेर मात्रै १५४ को मृत्यु भएको छ ।

प्राधिकरणका प्रमखु अनिल पोखरेलले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने, जोखिम कम गर्ने र विपद्का घटना भएमा क्षति कम गर्ने गरी आवश्यक समन्वयमा काम भइरहेको बताए ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top