×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

२३ नेपाली कतारको जेलमा, तीन महिनामा के-के गर्यो नेपाली दूतावासले?

१८ श्रावण २०७७

योगेन्द्र योगी
१८ साउन, दोहा ।

विभिन्न आपराधिक घटना संलग्न २३ नेपाली कतारको सेन्ट्रल जेलमा छन् । कनूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरु जेलमा रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

२०७७ बैशाखदेखि असार मसान्तसम्मको कार्य सम्पादनको विवरण सार्वजनिक गर्दै दूतावासले कतारको आपराधिक सूचना विभाग ५५ जना नेपालीहरु नेपाल फर्कने क्रममा रहेका जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार २४ वटा एमआरपी लाइभ नामांकन, २९ वाट एमआरपीको लागि म्यानुअल फारम संकलन भएको तथा १५ एमआरपी वितरण गरिएको जनाएको छ ।

दूतावासका अनुसार ८४ जनालाई एकतर्फि यात्रा अनुमति पत्र दिएको जनाएको छ । यस्तै २४ विवाह दर्ता जन्म दर्ता नाता प्रमाणित गरेको छ । ८ जनाको प्रहरी चारित्रिक प्रमाणपत्र, ११ सवारी चालक अनुमतिपत्र प्रमाणीकारण तथा २४ जनालाई कम्पनी परिवर्तन गर्न पीसीसी जारी गरिएको दूतावासले जनाएको छ ।

मृतकहरु मध्ये ४९ शव नेपाल पठाईएको जनाएको छ भने २२ शव  परिवारबाट सहमति लिई कतारमै अन्त्येष्टि गरिएको जनाएको छ । यस्तै कतारको लङ्ग टर्म केयर हस्पिटलमा ५ जना विरामीहरु रहेको जनाएको छ ।

गुनासो व्यवस्थापन तथा सहजीकरण

कोभिड १९ को कारण समस्यामा परेका २,०३१ जनालाई खाना बस्न तथा तलबसम्बन्धी समस्या भएको जनाएको छ । १,०६७ जनाको रोजगारी समाप्त भएको वा कटौती भएको दूतावासले जनाएको छ ।

रोजगारी समाप्त भई २,६१९ जनालाई खाना बस्न समस्या भएको जनाएको छ । कोभिड १९ जन्य समस्या ८५१ ,नेपाल फर्कने सम्बन्धी ९,२९१ जना तथा अन्य विषयहरुमा १०४ जनाको गुनासो व्यवस्थापन तथा सहजीकरण गरिएको जनाएको छ ।

कोभिड-१९ को कारण खानाको समस्यामा परेका श्रमिकहरुलाई नेपाली दूतावासको तर्फबाट ९०० थान र दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५,९१७ जनालाई खाद्यसामग्री वितरण गरिएको जनाएको छ ।

नेपाल जानका लागि जारी फाराम सम्बन्धी विवरण
जेठ २२ देखि असार मसान्तसम्म नेपाल जान दूतावासबाट जारी भएको फाराम भर्नेको संख्या १०,५८० रहेको छ भने कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या २,६७५ जना गरि नेपाल फर्कन चहाने नेपालीको संख्या १३,२५५ दूतावासले जनाएको छ ।

असार ६ देखि असार मसान्तसम्म भएको चार्टर उडानमार्फत कतारबाट नेपाल, हिमालय एयरलाइन्स र कतार एयरवेज गरि १७ उडान मार्फत कतारको डिपोर्टेसन सेन्टरमा रहेका ३४४ जनासहित २,५५७ जनालाई नेपाल पठाईएको दूतावासले जनाएको छ ।

आर्थिक प्रशासन शाखा सम्बन्धी

बैशाखदेखि असार मसान्तसम्म राहदानीबाट ८,४२७ कतारी रियाल तथा अन्यबाट ९,११५ गरि जम्मा १७,५४२ कतारी रियाल राजश्व संकलन भएको जनाएको छ ।

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएको नेपाली कामदारले पाउने क्षतीपूर्ती रकम (वीमा र अन्य) २८,५८,३९६.४८ नेपाली रुपैँया कन्सुलर सेवा विभागमा पठाएको दूतावासले जनाएको छ ।

कतारमा रहेको नेपाली नागरिकहरु विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानूनी हकदारका नाममा पठाउने गरिएको जनाइएकाे छ।

Advertisement

रकमको मात्रा थोरै भएमा मृतकको शवसँगै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको दूतावासले जनाएको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top