वीरगन्जका मेयरको परिवारका दुईसहित पर्सामा ४५ जना संक्रमित

१७ साउन ७७, आइतबार

१८ साउन, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् ।

संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् । गत बिहीबार काठमाडौँमा मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

४५ जना संक्रमितमध्ये अधिकांश ‘मास ट्रेसिङ’को परीक्षणमा संक्रमित भेटिएको मेसु डा. उपाध्यायले बताए । साउन १२ गते वीरगन्ज–४ स्थित कन्या स्कुलमा गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी साउन १५ मा वीरगन्ज– ११ श्रीपुर स्कुलमा गरिएको स्वाब संकलनमा १३ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ । साउन १६ मा वीरगन्ज चिनी मिलमा गरिएको स्वाब संकलनमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ पाइएको छ ।

Advertisement

म्यागनस फर्मा औषधि उद्योगका ५ जना स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top