×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

भारतबाट आएका नेपाली सिधै घर जान थाले

१९ श्रावण २०७७

काठमाडाैँ : भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’

बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेका छन् न त घर जाने गाडीको टुंगो छ।

Advertisement
Advertisement

‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै जना चिनजानकै हुन तर कुरा भएको छैन’, ताराले भने, ‘घर कसरी जाने भन्ने चिन्ता भइरहेको छ। हामी त सीधै घर जाने होइन, हामीलाई स्कुल वा खाली घर खोजेरै भए पनि क्वारेन्टाइनमा राखिदिनुपर्छ।’ घरमा बाजे बज्यै, ससाना नानीबाबु पनि रहेको उनले सुनाए। ‘घरमा लसपस भइहाल्छ’, उनले भने, ‘गाउँमा खाली घर खोजी १४ दिन त्यहाँ बसेर मात्रै घर जाने हो।’

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टाइनमा बसाइने गरिएको थियो। तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छोडिदिएका छन।

‘दिनभरिमा एक वडाका दुई–तीन जना आउने गरेका छन। पालिकाहरूले पनि सधै सीमा क्षेत्रमा सवारीसाधन कसरी राखी राखोस्। त्यसैले अहिले भारतबाट फर्केका मानिसहरू आआफ्नो तरिकाले सीधै घर जाने गरेका छन्’, धनगढी उपमहानगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’

बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेका छन् न त घर जाने गाडीको टुंगो छ।

‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै जना चिनजानकै हुन तर कुरा भएको छैन’, ताराले भने, ‘घर कसरी जाने भन्ने चिन्ता भइरहेको छ। हामी त सीधै घर जाने होइन, हामीलाई स्कुल वा खाली घर खोजेरै भए पनि क्वारेन्टाइनमा राखिदिनुपर्छ।’ घरमा बाजे बज्यै, ससाना नानीबाबु पनि रहेको उनले सुनाए। ‘घरमा लसपस भइहाल्छ’, उनले भने, ‘गाउँमा खाली घर खोजी १४ दिन त्यहाँ बसेर मात्रै घर जाने हो।’

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टाइनमा बसाइने गरिएको थियो। तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छोडिदिएका छन।

Advertisement
Advertisement

‘दिनभरिमा एक वडाका दुई–तीन जना आउने गरेका छन। पालिकाहरूले पनि सधै सीमा क्षेत्रमा सवारीसाधन कसरी राखी राखोस्। त्यसैले अहिले भारतबाट फर्केका मानिसहरू आआफ्नो तरिकाले सीधै घर जाने गरेका छन्’, धनगढी उपमहानगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top