बाँकेमा थप चार दिन निषेधाज्ञा जारी

२० साउन, नेपालगन्ज । बाँकेमा गत शनिबार रातिदेखि जारी गरिएको निषेधाज्ञा बाँके प्रशासनले थप चार दिनका लागि बढाएको छ ।

Advertisement

मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले चार दिन अर्थात आगामी शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रोपटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको थियो ।

Advertisement

जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएको देखिएकाले संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन थप चार दिन जिल्लाभर निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top