बालुवाटारमा ओली–प्रचण्ड छलफलमा, झलनाथ र सुवास नेम्वाङ साक्षी

बालुवाटारमा ओली–प्रचण्ड छलफलमा, झलनाथ र सुवास नेम्वाङ साक्षी

२० साउन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विद्यमान संकट अन्त्यको प्रयासका लागि अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता शुरु भएको छ । साँझ ५ बजेदेखि बालुवाटारमा पुनः वार्ता शुरु भएको छ । वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पनि सहभागिता छ ।

गत आइतबारदेखि नियमित भइरहेको दुई अध्यक्षबीचको बार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको नेकपाका नेताहरुको बुझाई छ । अध्यक्षद्वयबीच साउन १३ गतेपछि बार्तार र संवाद हुन सकेको थिएन । १८ गतेदेखि नियमित छलफल हुन थालेपछि समस्या समाधान हुनेमा नेकपाका नेता तथा कार्यकर्ता आशावादी हुन थालेका छन् ।

असार १० देखि शुरुभएको नेकपा स्थायी कमिटी बैठक टुङ्गोमा पुग्न सकेको छैन । अझै स्थायी कमिटीका आधा संख्यामा सदस्यहरु बोल्न बाँकी छन् । अध्यक्ष प्रचण्ड पक्षका नेताहरुले भने केन्द्रीय कमिटी बैठकको लिखित माग गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले कोरोनाका बेला केन्द्रीय कमिटी बैठक बस्न उचित नभएकोभन्दै अस्वीकार गर्दै आएका छन् ।

बामदेव गौतमको ६ बुँदे प्रस्तावपछि ओली सचिवालयमा अनुकुल अवस्थामा छन् । ओलीसँग वार्ता गर्नुअघि प्रचण्ड आजै उपाध्यक्ष बामदेव गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेर छलफल गरेका थिए ।

सोही कारण प्रचण्ड कोरोना नियन्त्रण सम्बन्धी विज्ञ सहितको सर्वदलीय बैठकमा समेत सहभागी भएनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.