NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
देउवाले राजनीतिक विश्राम लिनेमा शंका  मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

एसिड पीडित पुरुषको दबिएको कथा

मङ्लबार साउन २० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
एसिड पीडित पुरुषको दबिएको कथा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

कथा नयाँ भए पनि घटना करिब पाँच महिना पूरानो हो । “लौ न अचम्मै भयो , सनसनीपूर्ण खबर नै मच्चियो , श्रीमतीले श्रीमान माथि एसिड छ्यापिन् रे ।” जहिल्यै महिला माथि एसिड प्रहारको घटना सुन्न अभ्यस्तहरु विभिन्न खेमामा विभाजित भई तर्क कुतर्क गर्न व्यस्त भए । कोहि सुनेर अवाक मात्र परे , कोहि भेडे प्रवृत्ती अपनाउँदै अरु विभिन्न अपराधका घटना झैँ यसमा पनि एक दुई पटक “फाँसी दे” को नारा लगाए अनि कोहि चाहिँ “ठिक्क पारिछे, लोग्नेले पिट्थ्यो होला” भन्दै आफ्नो अड्कलमा विश्वस्त भई न्याय गर्न थाले । गत फाल्गुणमा नुवाकोटका २६ वर्षिय एक युवामाथि सुतिरहेको अवस्थामा उनकै श्रीमतीले एसिड प्रहार गरिन् ।

नेपालमा पुरुष माथि एसिड प्रहार भएको यो दोस्रो घटना हो भने बयस्क पुरुष माथि नेपालमा घटेको पहिलो घटना । यही थियो त्यो अचम्मको खबर जुन विजुली झै फैलियो र लोडसेडिङ झैँ निभी पनि हाल्यो । न्यायलयका फाइलका पत्रमा यसको धुकधुकी बाँकि छ , सञ्चार माध्यमका कानमा बेलाबेला काउकुती लगाउछ , तर यस क्षेत्रमा काम गर्ने संघ संस्थाले फर्केर पनि हेरेनन् यो सिङ्गो खबरलाई जो आज पनि काठमाण्डौको टिचिङ अस्पतालको कुनै शैयामा लडिरहेछ । चाहे देशको कानुन होस् या संस्थागत गुरुयोजना, हामी सामाजिक परिप्रेक्षका आधारमा निर्णय गर्छौँ । यसमा पनि झण्डै विगत ६ दशक देखि ‘महिला माथिको लैङ्गीक विभेद’ एक मापन सुचक भएको छ । घरेलु हिंसा, अंशको किचलो, जबरजस्ती करणी र एसिड एट्याक जस्ता घटना त झन् यही लेन्सबाट नियाल्ने गरेका छौँ हामीले । तर सिङ्गो नेपाल एक समाज होइन । महिला माथिको लैङ्गिक विभेदको अन्त्यका लागि विगत ६ दशकका सुधार नेपालका सबै कुनामा एकमुष्ठ नछरिएको भए पनि केहि स्थानमा समानता कायम गरिसक्यौँ ।

तसर्थ आज नेपालका सबै समाजका सबै क्षेत्र महिला माथिको लैङ्गिक विभेदको लेन्सले हेर्नुपर्ने आवश्यकता छैन । चाहे घरेलु हिंसा होस् या अंशको किचलो या त जबरजस्ती करणी र एसीड एट्याक हुन् ,महिला विरुद्धका कसुर हुन् भन्ने ट्याग जनमानसमा लागेको छ । यही ट्यागका शिकार हुन् आजको कथाका मुल पात्र जो पिडित भए पनि आधा समाज उनलाई पिडित मान्दैन । “श्रीमती कुट्थ्यो होला अनि उसले नि रिस पोखी ” भन्नेहरुको भेडे प्रवृत्तिले यो बुझ्दैन कि अपराधले लिङ्गका आधारमा विभेद गर्दैन । गत वर्ष घटेको श्रीमानले श्रीमती माथि एसिड प्रहार गरेको जेनी खड्काको मुद्दाको सन्दर्भमा परिवेश फरक थियो । समाजले उनलाई पिडित मान्यो, विभिन्न संघ सस्थाले सहयोग गरे, उपचार भयो । तर यी युवकलाई किन त्यो सहयोग र सहानुभुति छैन ? के हामी समानता खोज्दै धेरै पर त पुगेनौँ?

Advertisement

ती युवक एक निम्न आयस्राेत भएका नेपाली हुन् जो अपराध पिडित भएका छन् । नेपाल सरकारले पीडित राहत कोषबाट उपचारका निम्ती क्षतिपुर्ती रकम दिनुपर्ने व्यवस्था छ । विगतका घटनामा यो प्रकृयाबाट रकम आइपुग्नु पुर्व नै बर्न इन्जुरीका पिडितलाई नै सहयोग गर्न भनि खोलिएका संस्थाको सहयोगमा उपचार थालिने गरेको पाइन्छ । तर पाँच महिना बितिसक्दा पनि यी युवकले न सरकारी सहयोग पाएका छन् न सामाजिक । आवश्य हाम्रो लागि यो घटना नयाँ हो । नेपाल मात्र होइन दक्षिण एसियाका सबै मुलुक तथा अन्य अर्धविकसित मुलुकका लागि नै यस्ता घटना नयाँ हुन सक्छन् । तर विश्व चित्रमा, विभिन्न विकसित देशमा महिला भन्दा धेरै पुरुषमा एसिड प्रहार हुनेगरेको पाइन्छ । साथै घरेलु हिंसा, अंशको किचलो, जबरजस्ती करणी र मानव बेचबिखन जस्ता घटनामा पनि महिला र पुरुष बराबरी रुपमा पिडित हुने गर्छन् । खोई गर्यो त अपराधले लिङ्गका आधारमा विभेद ? कति फराकिलो छ हाम्रो समानताको दायरा ? आज पुरुष माथि भएको एसिड आक्रमणको गम्भिरता बुझ्न नसक्ने समाजले भोलि पुरुषमाथि जबरजस्ती करणी भए कत्तिको गम्भिरताले हेर्ला ?

अझ यो विषयमा त नेपाल सरकार पनि गम्भिर देखिदैन । जबरजस्ती करणी महिलालाई मात्र हुन सक्ने उल्लेख गर्दै हाम्रो देशको फौजदारी कानुनले नै हाम्रो समानताको सोचाईमा पुर्णविराम लगाइदिएको छ । मानिलिनुस् म एक बयस्क पुरुष हुँ र मेरो मञ्जुरी बिना एक हुल व्यक्तिहरुले ममाथि जबरजस्ती अप्राकृतिक करणी गरे । अहँ मलाई पीडीत र ती एक हुल व्यक्तिलाई दोषी देखाउने कुनै कानुन, कुनै न्यायलय छैन हाम्रो देशमा ।

हजुर,यो पुरुष प्रधान देश हो र कतिपय विषयमा अझैँ पुरुष प्रधान नै छ । समानता खोज्दै हामी महिला मैत्री वातावरण निर्माणको एजेण्डामा जुटिरह्यौ । तर समयसँगै भएका सुधारका आधारमा एजेण्डा परिवर्तन गर्नुपर्छ । अरु विषयवस्तुमा अझैँ भेदभाव होला तर आज अपराधले लिङ्गका आधारमा विभेद गर्न छोडिसकेको छ ।

(लेखक बिजया लक्ष्मी कानुनकी विद्यार्थी हुनुहुन्छ ।)

लोकप्रीय

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२

विचार

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२

थप समाचार

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित
खेलकुद

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.