जनकपुरको इँटा र माटो लिएर नेपाली टोली भारतको अयोध्या प्रस्थान

२१ साउन, जनकपुरधाम ।
जनकपुरधामबाट चाँदीका इँटा बोकेर नेपाली टोली भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या प्रस्थान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतको अयोध्यामा गर्ने भगवान श्री राम मन्दिरको भूमि पुजन (शिल्यानास) कार्यक्रममा जनकपुरधामबाट चाँदीको इँटा र जनकपुरको माटोसहित श्री जानकी मन्दिरका महन्थ त्यसतर्फ गएका हुन् ।

अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको मन्दिर शिलान्यासका लागि रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताए । एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको उनले जानकारी दिए ।

जनकपुरबाट समेत माटो पठाउन अयोध्याबाट पत्र आएपछि जानकी मन्दिरका महन्थ दास माटो र ईटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् । दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको थियो ।

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समयअनुसार बुधबार दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम छ ।

मुस्लिम समुदायले सो जग्गा बाबरी मस्जिदको हुनुपर्ने दाबी गर्दै आएकोमा गत वर्ष कात्तिक महिनामा भारतको सर्वोच्च अदालतले जग्गा राम मन्दिरको भएको फैसला गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top