कोशी अस्पतालमा मृत्यु भएका विराटनगरका पुरूषमा कोरोना पुष्टि

२३ साउन, विराटनगर ।
विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको शुक्रबार विहान कोसी अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विहान ९ः४० बजे अस्पताल लगिएका उनको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । चिकित्सकले मृत घोषणा गरेका पुरुषमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याब पठाईएकोमा दिँउसो तीन बजे कोरोना रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलाका आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारायण यादवले बताए ।

यो सँगै मोरङमा कोरोना संक्रमणले शुक्रबार सम्ममा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि विराटनगरका ७७, ४५, रंगेलीका ४५ र सुनवर्षीका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top