प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको पुनः स्वाव संकलन

२३ साउन ७७, शुक्रबार

२३ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको शुक्रबार पुनः स्वाव संकलन गरिएको छ । दैनिक भेटघाटमा व्यस्त रहनुपर्ने भएकाले उनीहरुको कोरोना परीक्षणका स्वाव संकलन गरिएको सचिवालयले जानकारी गराएको छ ।

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार शुक्रबार विहान प्रधानमन्त्री ओलीसहित प्रमुख सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्र मामिलाका विज्ञ डा। राजन भट्टराई, प्रेस सल्लाहकार थापा, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी लगायतको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलनपछि गरिएको परीक्षणको रिपोर्ट आउनेक्रम जारी रहेको उनले बताए । प्रमुख सल्लाहकार रिमाल र प्रेस सल्लाहकार थापाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top