ओली–प्रचण्डबीच बोलचाल नै बन्द

२५ साउन ७७, सोमबार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन ।

केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो । बिहीबारका लागि वार्ता तय भए पनि चार नेताको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वार्ता स्थगित गर्नुभएको थियो ।

दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, जनार्दन शर्मालगायतका नेता लागे पनि दुवै अध्यक्षले आ–आफ्नो अडान राख्दा सम्भव हुन नसकेको एक नेताले बताउनुभयो । डेढ महिनाअघिबाट शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । विवाद समाधानको लागि ओली र प्रचण्डबीच भएको दर्जनभन्दा बढी वार्तामा पनि सहमतिको विन्दु फेला पर्न सकिरहेको छैन ।

Advertisement

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदको लडाइँ भएको आरोप लगाउँदै आउनुभएको छ भने प्रचण्डसहितका शीर्ष नेताहरुले पार्टीलाई विधि र पद्दतीमा अगाडि बढाउने संघर्ष भएको दाबी गर्दै आएका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छ भने ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राख्दा जारी विवादको समाधान हुन सकेको छैन ।

दुवै पक्षले आ–आफ्नो अडान राखेपछि ओलीको मनासायअनुसार नै उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको खाका अगाडि ल्याए पनि पार्टीभित्र छलफल हुन सकेको छैन । जारी विवादको समाधान दुई अध्यक्षबाट हुन नसकेपछि प्रचण्डले जारी स्थायी समिति बैठक तत्काल राखेर निकास दिनुपर्ने अडानमा रहनुभएको छ भने अध्यक्ष ओलीले स्थायी समिति बैठक नभई सचिवालयबाटै निकास खोज्नुपर्ने अडानमा रहनुभएको छ । स्थायी समिति बैठक बोलाउने कि सचिवालय बैठक बोलाउने भन्ने विषयमा अध्यक्षद्वयबीच कुरा मिल्न सकेको छैन । उपाध्यक्ष गौतमको साथ पाउने विश्वासको साथ ओलीले आफ्नो पक्षमा बहुमत हुने भएकाले सचिवालय बैठकबाटै निकास दिनुपर्ने अडान पछिल्लो समय राख्दै आउनुभएको छ ।

Advertisement

उपाध्यक्ष गौतमले अगाडि सारेको छबुँदे सहमतिको खाकामा अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी दिने उल्लेख गरिएको छ । तर पछिल्लो चरण वरिष्ठ नेताद्वय खनाल र नेपालसँग मिलेर आफ्नोविरुद्ध मोर्चाबन्दी गरेको भन्दै ओलीले प्रचण्डलाई कार्यकारी अधिकार पनि दिन अस्वीकार गरे पनि विवाद गहिरिँदै गएको छ । जारी विवादमा सहमति जुट्न नसकेपछि ओलीले बालुवाटारमा र प्रचण्डले खुमलटारमा आ–आफ्नो रणनीति बनाउने काममा जुटेका छन् ।, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top