सोमबार प्रदेश एकमा थपिए ४२ नयाँ संक्रमित, ९९ जना डिस्चार्ज

२५ साउन ७७, सोमबार

२६ साउन, विराटनगर ।
प्रदेश एकमा सोमबार १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पीसीआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको गरि कुल ४२ जना नयाँ संक्रमित थप भएका छन्। मोरंङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

मोरंगको विराटनगर महानगरपालिकामा ८ पुरुष १ महिला संक्रमित भएका छन्। त्यससैगरी, मोरङकै सुन्दरहरैचा नगरपालिकाका ३ पुरुष, धनपालथान गाँउपालिकाका २ पुरुष, १ महिला, पथरीशनिश्चरे नगरपालिकाका १ पुरुष रहेका छन्।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका ७ पुरुष, २ महिला, रामधुनी नगरपालिकाका ४ र इटहरी उपमहानगरपालिकाका १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

मन्त्रालयले झापाको गौरादह नगरपालिकाका ५ पुरुष, भद्रपुर नगरपालिकाका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले प्रस्टाएको छ।

Advertisement

मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ। प्रदेशभरिमा हालसम्म १ हजार ४ सय ६५ जना संक्रमित भएका छन् ।

जसमा मोरङका ६ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा सोमबार ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बुका २ र अन्य ठाउँका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top