२६ साउन, विराटनगर ।
प्रदेश एकमा सोमबार १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पीसीआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको गरि कुल ४२ जना नयाँ संक्रमित थप भएका छन्। मोरंङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
मोरंगको विराटनगर महानगरपालिकामा ८ पुरुष १ महिला संक्रमित भएका छन्। त्यससैगरी, मोरङकै सुन्दरहरैचा नगरपालिकाका ३ पुरुष, धनपालथान गाँउपालिकाका २ पुरुष, १ महिला, पथरीशनिश्चरे नगरपालिकाका १ पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका ७ पुरुष, २ महिला, रामधुनी नगरपालिकाका ४ र इटहरी उपमहानगरपालिकाका १ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
मन्त्रालयले झापाको गौरादह नगरपालिकाका ५ पुरुष, भद्रपुर नगरपालिकाका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले प्रस्टाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६५ पुगेको छ। प्रदेशभरिमा हालसम्म १ हजार ४ सय ६५ जना संक्रमित भएका छन् ।
जसमा मोरङका ६ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा सोमबार ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् ।
डिस्चार्ज हुनेमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बुका २ र अन्य ठाउँका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।