रेस्टुरेन्टमा बसेर खान नपाइने

२७ साउन ७७, मंगलबार

२७ साउन, काठमाडौँ ।
सरकारले अर्को निर्णय नभएसम्म होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।

Advertisement

साउन ५ गतेको मन्त्रिपषिद्को बैठकले गरेको निर्णय अनुसार होटल रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ खोल्ने रहेकोमा त्यसलाई परिमार्जन गरी होटल रेस्टुरेन्टबाट तयारी खाजा लैजान (टेक अवे)को लागि मात्रै खोल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top