कोरोनाको असर जताततै: पाटनको कृष्ण मन्दिर पनि खुलेन

२७ साउन ७७, बुधबार

२७ साउन, काठमाडाैँ ।

आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । देशभर भगवान श्रीकृष्णको पूजा–आजा गरी श्रीकृष्ण जन्माष्टमी मनाइदैछ । द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन (आज) भगवान श्री कृष्णको जन्म भएको थियो ।

त्यसैले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ । संसारभरका हिन्दु धर्मावलम्बी र भवगन श्री कृष्णका भक्तहरुले आज जन्मदिवस मनाउँदैछन् । नेपालमा पनि देशभरका कृष्ण मन्दिरहरुमा भक्तालुहरु पुगेर पूजा आजा गर्ने गर्दछन् ।

Advertisement

ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि आजको दिन विशेष पूजा गर्ने गरिन्छ । तर काभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर यसवर्ष पाटनस्थित कृष्ण मन्दिर बन्द गरिएको छ । मन्दिरका पूजारी महेशर्धम राजोपाध्यायले मन्दिर भित्र प्रवेश रोक लगाइएको र बाहिर बाटै मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको बताए ।

यसदिन महिलाहरु व्रत बसी भगवान श्रीकृष्णको आराधना गर्ने प्रचलन पनि रहेको छ । मन्दिरमा पूजा–आराधना गर्न पुगेका भक्तालुहरु भने पूजा गर्न नपाएकोमा दुखि भएको बताएका छन् । सधैं मेला लाग्ने मन्दिरमा यसवर्ष पूजा गर्न नपाउँदा नरमाइलो लागेको भक्तजनहरुले बताएका छन् ।

Advertisement

कृष्ण जन्माष्टमीको दिन मुलुकभर रहेका श्रीकृष्ण मन्दिरहरुमा पूजा–आराधना, भजनकीर्तन र मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण चहलपहल छैन । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर लगायतका धेरै नामबाट पुकारिएका भगवान श्रीकृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि लिने गरिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचारबाट मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास पनि गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top