रुकुमपश्चिम घटनाः मृतकका परिवारलाई सरकारले राहतस्वरुप १० लाख दिने

रुकुमपश्चिम घटनाः मृतकका परिवारलाई सरकारले राहतस्वरुप १० लाख दिने

२७ साउन, काठमाडौं । सरकारले रुकुम पश्चिमको सोती गाउँमा भएको अन्तरजातीय प्रेम सम्बन्धका कारण घटेको घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा मारिएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताए । घाइतेहरुको सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ ।

घटनामा ६ युवाको ज्यान गएको थियो । घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विक, भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टीकाराम नेपालीको ज्यान गएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.