नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु

बैतडी, १२ वैशाख ः चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.