धोनीसँगै रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

३२ साउन, एजेन्सी ।
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

धोनीले शनिबार साँझ इन्स्टाग्राममा लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ स् २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ उनले आफ्नो करियरको विभिन्न आरोह–अवरोहलाई ‘मैं पल दो पलका शायर हूं’ गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।

भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो ।

Advertisement

धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए । धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । डेब्यु गरेको ३ वर्षमै उनलाई ट्वान्टी–२० टिमको कप्तानी दिइएको थियो ।

त्यस्तै इन्डियन प्रिमियर लिगमा पनि धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक उपाधि दिलाएका छन् । धोनीले भारतीय टिमबाट ३ सय ५० एकदिवसीय म्याच खेलेका छन् जसमा उनले ५० को औसतले १० हजार ७ सय ७३ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा धोनीले १० शतक र ७३ अर्धशतक प्रहार गरेका छन् । विकेटकिपरमा रुपमा धोनीले ३ सय २१ क्याच समातेका छन् भने १ सय २३ जना खेलाडीलाई स्टम्प आउट गरेका छन् ।

Advertisement

त्यस्तै धोनीले ट्वान्टी–२० क्रिकेटमा धोनीले भारतबाट ९८ म्याच खेलेका छन् । उनले ट्वान्टी–२० मा एक हजार ६ सय १७ रन बनाएका छन् ।

त्यस्तै टेस्ट क्रिकेटमा धोनीले ९० खेलमा ३८ रनभन्दा बढीको औसतमा ४ हजार ८ सय ७६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा धोनीले २ सय ५६ वटा क्याच समातेका छन् भने ३८ पटक स्टम्प आउट गराएका छन् । ब्याट्सम्यानका रुपमा उनले टेस्ट क्रिकेटमा ६ शतक र ३३ अर्धशतक प्रहार गरेका छन् ।

यता धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्न नपाउँदै ३३ वर्षीय रैनाले यो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । धोनीले सन्यास लिएसँगै आफूले पनि लिएको रैनाले जनाएका छन् । रैनाले ३३ वर्षको उमेरमा भारतीय टोलीबाट सन्न्यास लिएका हुन् ।

भारतीय क्रिकेट टोलीमा विराट कोहली सन् २०१७ मा सिमित ओभरको कप्तान बनेसँगै रैना टोलीको रणनीति बाहिर परेका थिए । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ टि२० आई खेलेका छन् । रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्धनै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले टि२० आईमा डेब्यु गरेका थिए ।

ओडिआईमा रैनाले ५ शतक र ३६ अर्ध शतकका साथ ५ हजार ६ सय १५ रन बनाएका छन् । टि२० आईमा १ शतक र ५ अर्ध शतक सहित कुल १६ सय ५ रन बनाएका छन् । रैना टि२० आईमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वका तेस्रा ब्याट्सम्यान हुन् । रैना भारतीय क्रिकेटमा तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

टि२० र ओडिआई दुवैमा शतक प्रहार गर्ने भारतका एक्ला खेलाडी पर्दछन् । रैना र धोनी दुवै चेन्नई सुपर किंग्सबाट आइपिएल खेल्दै निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top