×

NEPAL TIMES UPDATES

Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026

लिदी पहिरोः हाते औजार प्रयोग गरेर बेपत्ताहरू भेटिने सम्भावना न्यून

३२ श्रावण २०७७

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले पहिरो गएको दिन (शुक्रबार)बाटै बेपत्ताको खोजीकार्यलाई तीव्रता दिए पनि हाते औजार प्रयोग गरेर मात्रै बेपत्ताहरू भेटिने सम्भावना कम हुँदै गएको छ ।

बेपत्ताको खोजीका लागि आइतबारबाट स्काभेटर प्रयोग गरिने भएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १५(१५ र नेपाली सेनाका २५ जना खोजबिनमा सक्रिय छन् । नेपाली सेनाले शनिबार हेलिकोप्टरमार्फत थप ३५ जनालाई पहिरो स्थलमा पठाएको छ । गाउँपालिकासँग समन्वय गरेर स्काभेटर लगेर पहिरो पन्छाएर बेपत्ताको खोजी गरिने प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement

आइतबार बिहानसम्म पहिरो स्थलमा स्काभेटर पुग्ने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।पहिरामा पुरिएकामध्ये शनिबार बेलुकीसम्म १८ जनाको शव फेला परेको छ ।

Advertisement
Advertisement

पहिरामा अझै २० जना हराइरहेका छन् । सुरुमा ३८ मात्रै बेपत्ता भनिए पनि थप एक जना पनि बेपत्ता भएको परिवारले जानकारी गराएपछि मृतक र बेपत्ताको संख्या ३९ पुगेको छ । पहिरामा हराएकामध्ये १६ को सनाखत भइसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा दिनेश थापाले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top