यात्रु लिन दुबई गएकाे नेपाल एयरलाइन्स रित्तै फर्किंदै,एयरपोर्टमा १०० नेपाली अलपत्र

२ भदौ, काठमाडौं ।
सरकारले तय भईसकेको उद्धार उडान स्थगित गरेपछि दुबईबाट यात्रुहरुलाई लिन पुगेको नेपाल एयरलाइन्सको विमान  रित्तै फर्किने भएको छ । विमान रित्तै फर्किने भएपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गरेपछि यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले यसबाट यात्रुहरुले दुःख पाउनुका साथै नेपाल एयरलाइन्सलाई घाटा पनि लागेको बताउँदै यात्रुहरुले टिकट काटेको पैसा या फिर्ता पाउने या अर्को उडान भएपछि आउने बताइन् ।

घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर दुबई एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्र्किन लागेको खबर पाएपछि आक्रोशित भएका छन् ।

Advertisement

गत सोमबारको मन्त्रिपरिषद्ले विदेशबाट फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय गरेको थियो । तर, विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न भनेको थियो । विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top