पर्सामा थप ६६ जनामा कोरोना संक्रमण

१ भदौ ७७, मंगलबार

२ भाद्र, वीरगञ्ज ।
सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६६ जना संक्रमितमध्ये २५ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा गत साउन ३० मा बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरीमा पनि कोरोना पोजिटिभ देखिएको डीएसपी मनोजित कुँवरले जनाए ।

Advertisement

यसैगरी वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको छपकैयका ५ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये ९ जना बाराका बासिन्दा हुन् । बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढ७ मा एक र कलैया–६ मा एकजना संक्रमित थपिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top