बाँकेमा ६२ वर्षीय कोरोना संक्रमितको मृत्यु

२ भदौ ७७, मंगलबार

२ भाद्र, नेपालगञ्ज ।
बाँकेमा कोरोना संक्रमणबाट थफ एकको मृत्यु भएको छ।

Advertisement

नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण सोमबार राति ११ः३० बजे मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, साउन ३० गतेदेखि उनमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका थिए।

त्यही दिन अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो। भदौ १ गते दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएको थियो । ती व्यक्तिको राती ११ः४० बजे मृत्यु भएको हो। बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका व्यक्तिको कोरोनाबाट मृत्यु भइसकेको छ।

Advertisement

यसैबीच, आज बाँकेबाट १३ जना डिस्चार्ज भएका छन्। नेपालगञ्ज कारागारका सात जना थुनुवा र वडा प्रहरी कार्यालयका ६ जना प्रहरी कोरोनामुक्त भएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top