×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई थान पेस्तोल र १० राउण्ड गोली सहित दुई जना पक्राउ

४ भाद्र २०७७

४ भदाै, काठमाडौ ।
दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

हातहतियारको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

Advertisement
Advertisement

थप अनुसन्धानको क्रममा पण्डितलाई उक्त हतियार ओसारपसार गर्न लगाउने नुवाकोट लिपु गाउँपालिका-१ बस्ने २८ वर्षीय अमर सिंह तामाङ घलेलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा उक्त महाशाखाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ ।

घले डाँका मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरी २०७६ फागुन १२ गते थुना मुक्त भएका थिए। कारागारमा रहेका बेला उक्त हतियारको बारेमा लागूऔषध मुद्दामा सजाय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

Advertisement

उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top