विभिन्न मुलकमा अलपत्र परेका ५१ हजारभन्दा बढी नेपालीको उद्धार

४ भदौ ७७, शुक्रबार

काठमाडौँ : विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यी मध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति रहेको कोभिड-१९ क्राइसिस मेनेजमेन्ट सेन्टरले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

गत जेठ मध्यदेखि सुरु उद्धार उडानमार्फत भदौ ३ सम्म सबैभन्दा धेरै संयुक्त अरब एमिरेट्स यूएईबाट १४ हजार ४८१ जनाको उद्धार भएको छ । त्यसपछि साउदी अरबबाट सात हजार ८१७ र मलेसियाबाट सात हजार ७९५ जनाको उद्धार भएको छ ।

Advertisement

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेकासहित छ हजार ३२९ र कतारबाट छ हजार १९१ जनाको उद्धार गरिएको समितिले जनाएको छ । यस्तै अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट ९४३, ओमानबाट ८११, म्यानमारबाट २६, जापानबाट एक हजार २८२, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ९६७, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच र सिङ्गापुरबाट २९७ जनाको उद्धार भएको छ ।

त्यसैगरी हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ३१२, फिलिपिन्सबाट २०१, इन्डोनेसियाबाट २०, स्विजरल्यान्डबाट १०, भारतबाट ८५ र इराकबाट ३९ जना नेपालीलाई स्वदेश फर्काइएको समितिले जनाएको छ । त्यस्तै अन्य मुलुकमार्फत ६८ जना नेपाल फर्किएका जनाइएको छ ।, याे समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top