निषेधाज्ञा पालना : जनजीवन शान्त, कोरोनाविरुद्ध एकता

४ भदौ ७७, शुक्रबार

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको पहिलो दिन बिहीबार जनजीवन ठप्प पारेर कोरोनाविरुद्ध एकता देखाइएको छ ।

सङ्क्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शूून्य बनेको छ । गएराति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ ।

Advertisement

महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ । सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ ।

उल्लङ्घन गर्नेलाई कारबाही
तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उल्लङ्घन गर्ने करिब तीन हजार सवारी साधनसहित चालकलाई कारबाही गरिएको छ । त्यस्तै एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेन्टरमा एक घण्टा राखेर कारबाही गरिएको छ ।

Advertisement

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएर कारबाही गरिएको बताउनुभयो । निषेधाज्ञा उल्लङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू कारबाहीमा परेका छन् । आफूखुसी सञ्चालनमा आएका सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेलामा पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखरलखर सडकमा हिँड्दा सुरक्षाकर्मी जोखिममा रहेको उनले बताए ।

सामग्री किन्न टाढा नजानू
“यो निषेधाज्ञा नागरिकको सुरक्षाका लागि हो”, महानगरीय प्रहरी प्रमुख पोखरेलले भने, “आफू बाँचे पो आफन्त भेट्न सकिन्छ । जबरजस्ती सडकमा नआइदिनुहोस् ।” कतिपय स्थानमा खाद्यान्न किन्न भन्दै मोटरसाइकल र कार चढेर बाहिर निस्केको पाइएको छ ।

खाद्यन्न सामग्री, दूूध र औषधि खरिद गर्दा आफू बस्ने बस्ती नजिकैको औषधि पसल, किराना पसल र डेरीमा जान आग्रह गरिएको छ । कुनै अप्ठ्यारो परेमा वा स्वास्थ्य तथा सुरक्षासम्बन्धी समस्या परेमा सडकमा तैनाथ सुरक्षाकर्मी तथा प्रहरी कन्ट्रोल १०० मा फोन गरी सहयोग लिन आग्रह गरिएको छ । सो कार्यमा प्रहरीले सहजीकरणसमेत गरिदिने जनाइएको छ ।

अत्यावश्यक पसल नियमित
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा दैनिक उपभोग्य सामान खरिद बिक्रीका लागि किराना, तरकारी, दुग्धजन्य डेरी र पानी पसल नियमित सञ्चालनमा रोक लगाइएको छैन ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाअन्तर्गत औषधि, खाद्य पसल, तरकारी, दूूूूध डेरी र पानी पसल सञ्चालनमा रोक नलगाइएको स्पष्ट पारेको छ । तर पसल सञ्चालक र ग्राहकले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेको भने हुनुपर्नेछ ।

पसल सञ्चालक तथा ग्राहकले मास्कको प्रयोग अनिवार्य र एक मिटरको सामाजिक दूरी कायम राख्नुपर्ने हुन्छ । त्यस्तै सामग्री खरिद गर्न घरबाहिर निस्कँदा वा पसलबाहिर दुईजना भन्दा बढीको भीड गर्न निषेध गरिएको छ ।

अत्यावश्यकलाई मात्र अनुमति
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक विज्ञप्ति जारी गरी अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधनबाहेक अन्य सवारी साधनलाई काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको जनाएको छ ।

अत्यावश्यक सामग्री खाद्यान्न, तरकारी, फलफूल, पानी, दूधजन्य पदार्थ, इन्धन, औषधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको स्पष्ट पारेको छ । राति १२ बजेदेखि नागढुङ्गामा रोकिएका सवारीलाई मध्यरातमा काठमाडौँ भित्र्याउने तयारी गरिएको छ ।

त्यससँगै अन्य ढुवानीका सवारी साधन निषेधाज्ञा नहटेसम्म उपत्यकाबाट बाहिरिन र भित्रिन पाउने छैनन् । नागढुङ्गामा रोकिएका अधिकांश सवारी साधन निर्माणजन्य सामग्री र औद्योगिक कच्चा पदार्थ बोकेको सवारी साधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शुक्रबारबाट सहजीकरण
बैङ्क तथा वित्तीय संस्थासँग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ ।

निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाए पनि शुक्रबारबाट बिहान ९ बजेदेखि १०ः३० बजेसम्म र अपराह्न ३ः३० देखि ५ः३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top