तीजका अवसरमा राष्ट्रपति पशुपतिनाथ दर्शनका लागि नजाने

५ भदौ ७७, शुक्रबार

५ भदौ, काठमाडौं । यस पटकको तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ दर्शनका लागि मन्दिर नजाने भएकी छन् ।

Advertisement

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण तीजको कार्यक्रममा राष्ट्रपति उपस्थित नहुने जनाइएको छ ।

कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा सो जानकारी गराइएको हो। विगतका वर्षमा तीजका दिन राष्ट्रपति पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुने परम्परा रहँदै आएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top