बेइजिङमा घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो

५ भदौ, एजेन्सी । चीनको राजधानी बेइजिङका अधिकारीहरूले घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाएका छन् ।

Advertisement

१३ दिनसम्म नयाँ संक्रमित नभेटिएपछि बेइजिङका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई मास्क नलगाई हिँड्न सक्ने बताएका हुन् ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न लगाइएका नियम हटाइए पनि शुक्रबार बेइजिङका स्थानीयले भने मास्क लगाएका देखिन्थे ।

Advertisement

बेइजिङका स्वास्थ्य अधिकारीहरूले मास्क अनिवार्य लगाउनुपर्ने नियमलाई गाइडलाइनबाट हटाएको यो दोस्रो पटक हो ।

यसअघि म्युनिसिपल सेन्टर्स फर डिजिज कन्ट्रोलले पहिलो पटक यस्तो निर्णय अप्रिलमा गरेको थियो ।

Advertisement

विज्ञहरूका अनुसार चीनमा कोरोना नियन्त्रण गर्न सक्नुको मुख्य कारण कडा गाइडलाइन, अनिवार्य मास्क लगाउनुपर्ने नियम, होम क्वारेन्टिन र ठुलो समूहको टेष्टिङ गर्नाले हो ।

चीनमा बिहीबार २२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो। उनीहरू सबै बाहिरबाट आएका थिए। बाहिरबाट आउने संक्रमितलाई रोक्न चीनले आफ्ना सबै सीमा नाकाबाट विदेशीलाई प्रवेश रोकेको छ।

कोरोनाभाइरसको संक्रमण सुरू भएको चीनमा अहिलेसम्म ८४ हजार ९ सय १७ संक्रमित भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top