धनकुटामा गएरातिदेखि एक साताको लागि निषेधाज्ञा जारी

५ भदौ ७७, शुक्रबार

५ भदौ, धनकुटा । धनकुटामा समुदायस्तरमा कोरोना फैलन नदिन गएरातिदेखि एकहप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

Advertisement

शहीदभूमि गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा भदौ ४ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा गएराति बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आकस्मिक बैठकले धेरै जनासँगको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएकाले समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा जारी गरेको हो ।

Advertisement

यस अघि प्रदेशसभाका सांसद कुशुम श्रेष्ठ लगायतका व्यक्तिहरुलाई कोरोना सङ्क्रमण भएपछि धनकुटा नगरपालिकाका ६ वटा वडाहरुमा मात्र भदौ ४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । तर छिमेकी जिल्लाहरुमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको र जिल्लामा पनि पछिल्लो पटक स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण देखिएकाले जिल्लाभर नै निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए ।

धनकुटामा कोरोना सङ्क्रमितको संख्या २० पुगेको छ भने त्यसमध्ये १८ जना निको भएर घर फर्किसकेका छन् ।

Advertisement

यसैबीच धनकुटाको शहिभूमिमा ४५ वर्षीय एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ ।

आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top