सिन्धुपाल्चोकका २४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग

४ भदौ ७७, शुक्रबार

५ भदाै, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीको पहिचान र स्थानान्तरणसम्बन्धी समन्वय बैठकमा उनीहरुले बस्ती स्थानान्तरण गर्दा जीविकोपार्जनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो । तथ्याङ्कानुसार गाउँपालिका भोटेकोशीमा ४९ र बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे २३ र चौतारा साँगाचोकगढीमा नगरपालिकामा चार बस्ती जोखिममा छन् ।

Advertisement

त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ । तीमध्ये पनि अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रबीसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ ।

Advertisement

पूर्वमन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुनःनिर्माण प्राधिकरणलाई आग्रह गरे । सांसद तामाङले ढिला गर्दा अझै क्षति हुने भएकाले जनताको सुरक्षामा ध्यान दिन अनुरोध गरे । बैठकमा प्रदेशसभा सदस्य निमा लामा, मेलम्चीका प्रमुख डम्बर अर्याल, जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङलगायतले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।

बाढीपहिराको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउनयता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबारविहीन बनेका छन् ।

पहिरोपीडितलाई रु ६ लाख सहयोग
जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बुझिलिएको लिदी पहिरो पीडितका लागि देशविदेशका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त रु पाँच लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई बिहीबार वितरण गरिएको छ ।

राहत ३९ मृतक र बेपत्ताका परिवारलाई रु १० हजारका दरले रु तीन लाख ९० हजार, घाइते पाँच जनालाई रु पाँच हजार र पहिराबाट घर पूर्ण क्षति भएका २२ घरधुरीलाई रु पाँच हजार पाँच सयको दरले वितरण गरिएको हो ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top