१० भदौ, विराटनगर ।
संक्रमण बढ्दै गएपछि विराटनगर लगायत मोरङका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा जिल्लाभरी लागू हुनेगरी केही खुकुलो प्राबधानसहित एक साता थप गरिएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यसअघि लगाईएको निषेधाज्ञाले संक्रमण दर कम भएको निश्कर्ष निकाल्दै निषेधाज्ञालाई केहीखुकुलो बनाएर एक साताथप्ने निणर्य गरेको मोरङका प्रमुखजिल्लाअधिकारी कोषहरि निरौलाले जानकारी दिए।
निषेधाज्ञामा बजार पसल १२ बजेसम्म खुल्ला गर्न दिने र त्यसपछि सबै बजार र पसल बन्द हुने उनले जानकारी दिए । निरौलाका अनुसार बिहानको अबधिमा पनि गुद्रीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लर जस्ता व्यवसाय भने सञ्चाल नगर्न पाइनेछैन ।
बजार खुल्ला गरिए पनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । यसअघि विराटनगरसहित आसपासका ४ स्थानीयतहमा मात्र निषेधाज्ञा लागू गरेको प्रशासनले अबको साता भने जिल्लाभर त्यसलाई लागू गर्ने जनाएको छ । विराटनगरमा बुधबार ४३ सहित जिल्लाभर ४८ संक्रमित थपिएका छन ।