पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणतर्फः सेप्टेम्बर १५ देखि स्कुल, कलेज खुल्ने

१३ भाद्र, एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिएका छन् ।

Advertisement

पाकिस्तान सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि हिजो शुक्रबार प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिएका हुन् । कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

बैठकमा आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा पनि छलफल भएको छ । पाकिस्तानका योजना मन्त्री असद उमरले छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको बताएका पनि सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top