नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

१३ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा मृकको संख्या २ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ जना महिला र ९ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पाका ३० वर्षिया, काठमाडौंका ५१ वर्षिया र भक्तपुरको ६२ वर्षिया महिला रहेका छन । यसैगरी पर्सामा ४८ र ३९ वर्षिय, ललितपुरमा ७२ र ६१ वर्षियको पुरुषको मृत्यु भएको उनले बताए । यसैगरी सिरहामा ८४ वर्षिय पुरुष, गोरखामा ३८ वर्षिय, कास्कीमा ५८ वर्षिय, काठमाडौंमा ८३ वर्षिय र भक्तपुरमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

आज नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । ११ हजार ५ सय १६ पीसीआर परीक्षण भएकोमा २ सय ४२ महिला र ६ सय ४२ मा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोभिड संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । आजसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको कोरोना परीक्षण भएको छ ।

देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ सय ७५ जना संक्रमित उपचाररत रहेका छन । यस्तै २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ । प्रदेश नम्बर १ मा १ हजार २ सय २२, प्रदेश नम्बर २ मा १ हजार ९ सय २४, बागमती प्रदेशमा ४ हजार १ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ४०, कर्णाली प्रदेशमा ७ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय २९ गरी जम्मा संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ जना रहेका छन ।

यसैगरी होम आइसोलसनमा प्रदेश नम्बर १ मा ४ सय २७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४७, बागमती प्रदेशमा १ हजार ६ सय ३२ र गण्डकी प्रदेशमा १८ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८९, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १ सय १५ गरी देशभरी ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आज ३ सय १३ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ४ हजार ६ सय ७८, बागमती प्रदेशमा १ हजार १ र गण्डकी प्रदेशमा १ हजार ७ सय ३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय ४७, कर्णाली प्रदेशमा २ हजार ३३ सय र सुदूरपश्चिम प्रदेशमा ८ हजार ८ सय ३४ जना गरी आजसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन ।

क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छ । जसमा प्रदेश नम्बर १ मा ७ सय ३४, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ५४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८१, कर्णाली प्रदेशमा ४ सय २ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५० जना क्वारेन्टिनमा रहेका छन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top