गोरखामा सोमबारदेखि निषेधाज्ञा हटाइने

१४ भदौ ७७, सोमबार

१४ भदाै गाेरखा ।

Advertisement

गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरिएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

बैठकले जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय पनि भएको उनले बताए । “जिल्ला भित्रै निजी सवारी साधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्”, उनले भने, “तर त्यस्ता सवारी साधनमा चालकसहित तीन जनाभन्दा बढी यात्रु चढ्न पाइने छैन ।”

Advertisement

त्यस्तै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सोमबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताए ।

जिल्लाभित्र अत्यधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराई बताए । “मालपोत, जिल्ला प्रशासन कार्यालयलगायत केही सरकारी कार्यालय र निजी सङ्घसंस्था कुन बार, कसरी सञ्चालन गर्ने भन्ने योजना बनाउँदै छौँ”, उनले भने, “मापदण्ड बनाएर कहिले, कुन बार के सेवा दिने भन्ने छुट्याएर सञ्चालन गर्दैछौँ ।”

Advertisement

छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखा जिल्ला यही भदौ १ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा गरी गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top