×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँ : मुख्यमन्त्री राउत

१५ भाद्र २०७७

१५ भदाै, सिरहा ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्

Advertisement
Advertisement

कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच समन्वय बैठकलाई आइतबार सिरहाको लहानमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

पहिलो चरणमा जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण गर्ने मेसिन जडान भई परीक्षण भइरहेकामा अब प्रदेशका आठ वटै जिल्लामा कोरोना परीक्षण मेसिन खरिद गर्न रकम निकाशा भइसकेको बताउनुहुँदै मुख्यमन्त्री राउतले ५० वटा भेण्टिलेटर खरिद गर्ने गरी प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

“कुनै पनि व्यक्तिलाई कोरोना सङ्क्रमणबाट मृत्यु हुन नदिन प्रदेश सरकारले हरेक उपाय अपनाएको छ”, मुख्यमन्त्री राउतले भने, “जनताको जीवनभन्दा कुनै पनि कुरा ठूलो होइन, त्यसैले हामीले जनताको जीवन रक्षामा गम्भीरता पूर्वक लागेका छौँ ।”

जनता बाँचे मात्रै विकासको कुनै अर्थ हुन्छ, त्यही भएर हामी अहिले सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र रोकथाममै केन्द्रित गरेको मुख्यमन्त्री राउतको भनाइ थियो । सबै जिल्ला अस्पतालमा एम्बुलेन्स र शव वाहनको व्यवस्था मिलाउन आवश्यक रकम पठाइसकिएको उनले बताए ।

सीमा नाकामा कडाइ गर्न नसक्दा प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको बताउँदै उनले आफूहरुले कोरोना फैलिन नदिन प्रयास गर्दा गर्दै केही कमजोरीका कारण स्थिति नियन्त्रण बाहिर गएको जिकिर गरे ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनबाट मारमा परेका विपन्न, मजदुर र गरिब परिवारलाई राहत वितरणका लागि प्रदेश सरकारले समयमै रकम जिल्ला जिल्लामा पठाए पनि उचित व्यवस्थापन गर्न नसक्दा प्रभावकारी नभएको बताउनुहुँदै मुख्यमन्त्री राउतले कोरोना नियन्त्रण, रोकथाम र राहत वितरणका लागि महत्वपूर्ण निर्णय गरेपनि कार्यान्वयन हुन नसकेकाले समस्या भएको उल्लेख गरे ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी अघि बढिरहेको बताए । उनले प्रदेश सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण हुन नसक्ने भएकाले सबैसँग समन्वय गरिरहेको बताए ।

Advertisement

बैठकमा पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्वास्थ्य प्रमुख तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top