बहराइनका राजकुमार पर्वतारोहणका लागि नेपाल आउँदै

बहराइनका राजकुमार पर्वतारोहणका लागि नेपाल आउँदै

१६ भदौ, काठमाडौँ ।
बहराइनका राजकुमार पर्वतारोहणका लागि नेपाल आउने भएका छन् । सरकारले पर्वतारोहणका लागि सेप्टेम्बर १५, २०२० पछि उनलाई चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिएको छ ।

बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।

उनीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नेपाल आउन र नियम अनुसार लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउनेछन् । यो हिमाल पर्वतारोहणको क्षेत्रमा कोरोना भाइरसको महामारीपछि भएको पहिलो निर्णय भएको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.