डा. केसीले आजदेखि गर्ने भनिएको सत्याग्रह स्थगित

डा. केसीले आजदेखि गर्ने भनिएको सत्याग्रह स्थगित

१८ भदौ, जुम्ला । डा.गोविन्द केसीले आज बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह केही समयका लागि स्थगित गरेका छन् ।

चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु गर्न माग राख्दै आएका डा. केसीले सत्याग्रह केही समयका लागि स्थगित गरेका हुन् ।

पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र जुम्लाका स्थानीयले सत्याग्रह केही समय रोकिदिन गरेको आग्रहअनुसार अनशनलाई केही समय स्थगित गरेको डा.गोविन्द केसीले बताए ।

सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह सुुरु गर्ने पनि डा. केसीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.