करेन्ट लागेर एक जनाको मृत्यु

१८ भदौ ७७, बिहीबार

१८ भदौ, मोरङ ।

Advertisement

मोरङ रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।

मण्डलले आज विहान ६ बजे आफ्नै खेतमा पानी पटाउन भनि मटर जोड्ने क्रममा अचानक बिधुत सट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका हुन ।

Advertisement

घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई कानुनी कार्बाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top