निशेधाज्ञाकाबीच मच्छिन्द्रनाथको रथ तान्दा झडप, भीड हटाउन पानीको फेहोरा र अश्रु ग्यास प्रहार

१८ भदौ, ललितपुर । स्थानीय युवा र गुठियारले रातो मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि ललितपुरको पुल्चोकमा तनाव स्थिति सिर्जना भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

Advertisement

कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् ।

अहिले ललितपुरको पुल्चोकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् ।

Advertisement

प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरेका छन् ।

निशेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका हुन् । प्रहरीले भीडलाई तितरवितर पार्न केही सेल अश्रु ग्यासु समेत प्रहार गरेको छ ।

Advertisement

आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच यति बेला तनावपूर्ण छ। अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ ।

चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो ।

त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top