निषेधाज्ञा निरन्तरताको सुझाव

काठमाडौँ : उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव छ । उपत्यकामा हाल जारी गरिएको निषेधाज्ञा भदौ २४ गतेसम्म कायम छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेशको नाका पूर्ण रूपमा ठप्प पार्न असम्भव भए पनि व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले नाका ठप्प पारिए उपत्यकामा दैनिकी कष्टकर हुनेसमेत बताउनुभयो ।

दाहालले नाका व्यवस्थापनमा सेना परिचालनको माग पनि गर्नुभयो । नेपाल प्रहरीको अन्य पनि धेरै जिम्मेवारी रहेकाले नाका व्यवस्थापनको जिम्मेवारी सेनालाई दिन उहाँले आग्रह गर्नुभएको हो । दाहालले भन्नुभयो, ‘‘शान्तिसुरक्षा कायमका अन्य धेरै जिम्मेवारी पनि प्रहरीमाथि नै छ । धेरैतिर दायित्व जोडिएकाले नाका व्यवस्थापन सेनालाई दिऔँ ।’’ ढुवानीका सवारीमार्फत समेत उपत्यका प्रवेशको क्रम नरोकिएको दाहालको भनाइ छ । दाहालले प्रत्येक दिन दुई हजार व्यक्ति उपत्यका प्रवेश गराउनुपर्ने बाध्यता रहेको यथार्थ सुुनाउनुुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । भट्टले जनजीवनलाई सहजीकरण र निषेधाज्ञा दुवैको निरन्तरता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दशैँमा पनि कुनै न कुनै रूपमा निषेधाज्ञा कायम राख्ने र जनजीवन सहजीकरण गर्ने कार्य गर्नुपर्छ । आफ्नो धर्म, संस्कृति र पर्वमा मानिस बरु ज्यान छोड्न तयार भएको समेत देखियो । त्यो हामीले बेहोरिरहेका छौँ । त्यसैले सहजीकरण गरेर भए पनि अहिलेको अवस्थामा दशैँसम्म निरन्तरता राख्नुपर्छ ।’’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश पूर्णनिषेध सम्भव नभएको भन्दै व्यवस्थित रूपमा प्रवेशको व्यवस्था गर्नुपर्ने बताउनुभयो । पाण्डेले जिल्ला प्रशासन कार्यालयले मात्र नाकाको व्यवस्थापन र सहजीकरण गर्न नसक्ने बताउनुभयो । कतिपय उच्च पदस्थ व्यक्तिबाटै नाकामा मानिस आवागमनका लागि दबाब आउने गरेको उहाँको भनाइ छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top